असोज २५, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस