भदौ २६, रोल्पा । पूर्व सभामुख तथा सांसद कृष्णबहादुर महराको पहलमा मानसिक सन्तुलन गुमाएर अलपत्र रोल्पा त्रिवेणी गाउँपालिका-५ की बिट्टु बिकको उद्दार भएको छ ।
नेपालगंज केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रममा रहने गरि बिकको उद्दार गरिएको पूर्व सभामुख महराले बताएका छन् ।
पूर्व सभामुख महराले आफ्नो जन्म स्थान रोल्पामा यसरी दुधे बालक बोकेर मानसिक सन्तुलन गुमाएकी महिला बेबारिसे अवस्थामा हिडिरहेको भिडियो हेरेपछि आफूलाई निकै दुख लागेकाले तत्काल उद्दारको पहल गरेको बताए ।
मानसिक सन्तुलन गुमाएकी बिट्टुको पालनपोषण उपचार तथा बालकको पालन पोषण र पठनपाठन नीलसागरले गर्ने भएको छ । नीलसागरको प्रस्ताव आफूलाई उपयुक्त लागेकाले उक्त संस्थामा पठाएको पूर्व सभामुख महराले जानकारी दिए ।
नेपालगंजमा केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनी र उनको छोरीको पालनपोषण गर्ने आफ्नो संस्थाले गर्ने केन्द्रीय अध्यक्ष सरिता खनालले जानकारी दिईन् ।
प्रतिक्रिया दिनुहोस