घर छोडेको त्यो बिहानी


ऋतु मोक्तान ‘युनिसा’
मेरो नारकीय जिबनको उत्कर्षउत्कर्षको समय थियो । त्यो सायद दशैको बेला थियो मन भरी पिडा र दुखले भरिएका भावनाहरू खोलीरहेका मात्र थिए । अनागिन्ती पिडाहरुको बाबजुद मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको जस्तो गरी झुल्कने चेष्टा गरिरहेको थियो ।

एउटा दुखी जिबन बाचिरहको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपूर्ण कुरा थियो । मेरो लागी सामाजिक नैतिक समस्याहरुमा जेलिएर एउटा मनोज्ञानिक भुमरीमा फसेको मान्छेले आफनो अवस्था सजिलै थाहा पाउन सक्दैनरहेछ ।

आफनो बास्तबिकता के हो ? र आफुले मेहनत गरेरै आफनै जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भने कुरा मेलै महसुस गर्दागर्दै समय निकै घर्किसकेको थियो ।

लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउने दु:ख पाईरहेको कुरा मैले बुझ्ने बेला आफुले धेरै ढिलो बुझेको महसुस भयो र आत्मग्लानीले पोल्न पोल्यो । फेरी पनि दु:खको निराकरणको खोजीमा र मेरो साना नाबालक छोरीको भविष्यको चिन्ताले मलाई देश छोडेर बिदेश पलायन हुन बाध्य बनाउदै थियो ।

म बैदेशीक रोजगारीको सहयोगबाट ओमन जानको लागी तयारी गरेकी थिएँ । दशैको समय थियो, मेरो छोरी एक बर्षकी थिइ । मन भरी पिडाले एकछत्र रजाई गरेको भए पनि अर्को बर्ष छोरीसंग दशै मनाउन सायद पाउँदिन होला भनेर उनको साथमा रम्ने भरपुर कोशिश गर्दै थिएँ ।

ओमनको भिष निस्किन सबै प्रकिया तयारी अवस्थामा रहेको हुँदा मलाई पनि तयारी अवस्थामा रहनको लागि जानकारी गराइएको थियो । दशै छोरीसंगै मनाइरहेको वेला अचानक शोकमा बदलियो ।

एकतिर अथाह दुखैदुखको भुमरीबाट पार लगाने एकमात्र बिकल्पको ढोका खुलेको छ भने अर्कातिर कल्कलाउदा दुधे सन्तानलाई चटक्कै छोडेर हिंड्नुपर्ने अवस्था आइप-यो । मैले मनभरी अथाह पिडा महसुस गरे । सानी छोरी अहिलेसम्म रामरी आवाज निस्केको पनि छैन ।

म जति सुकै पिडा मा हुदा पनि अथवा जस्तो सुकै सस्ती भोग्न परेको अवस्थाअवस्थामा पनि मेरो छोरीलाई मेरो काखबाट टाढा गरेकी थिईन । जस्तो सुकै पिडा र समस्यामा समेत टाढा नगरेको आफ्न मुटूका टुर्कालाई बर्ष लागि छोडेर टाढा हुने नजिकिदै थियो ।

उस्लो यति शब्दा मात्र खसाल्न के लागी लामो समय देखी मैले हिमनदि झै बनाएर जर्बजस्ती रोकेर राखेको मेरो धैर्यताको बाध फोडदै झर्न थाले पिडा र ब्यथाहरू चित्कारिदै निस्किन थाले । कति ज्ञानी मेरी छोरी भन मात्रै लागेको के थिएँ, नानी पनि सगै रुन पो थाली ।

मेरो छातीमा अचानका ठुलो जातोले थिचे जस्तो भयो भक्कानिएर रोएर आफैलाई रित्याउन पनि नमिल्ने के गरू एक टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीको सुनौलो भविष्यको लागि सुदुर प्रदेशको यात्राको लागि घरबाट बिदा भएँ ।

च्पाप्दै खिच्दै गरेकी छ, सायद सपनामा दुध खाएको देखेकी होली । मेरो छाती रसायो । मलाई एकपटक उसलाई छातीमा टासेर दुध चुसाउन मन लाग्यो तर परिस्थितिको अगाडी मैले मेरो मातृबात्सल्यता जुरमुराएर उठ्यो र उनलाई टुलुटुलु हेरिरहे ।

मिर्मिरै उज्यालो हुन थाल्यो भालेले डाक छोड़ने बेला हुन लाग्यो । भालेको डाको सगै मेरो रुवाई पनि नफुत्कियोस भनेर मैले दातले कपडालाई दह्रोसग च्यापो । बिस्तारै चराचुरुड़ी कराउन थाले । छोरी नब्युझिदै मैले घर छोडी सक्नु पर्ने थियो ।

मैले मेरो भक्कानो किलकिले मै दवाएँ । नराम्रोसगं पोले जस्तो भयो र नाक पुतायो र आँखाबाट फेरी एक तहरो झरी बर्षीयो । म उठेर तयार भएँ । जर्बजस्ती रोकिएको रूवाई यस्तो थियो, मानौँ त्यो पहिरोले थुनेको नदि उस्तै जति बेला पनि फुट्न सक्छ । मैले निरन्तर प्रयास गरेकै थिएँ कतै नपोखिउन यि पिडाका भावनाहरु । तर पोखिए र टप्प गाला छिचोल्दै आँखाबाट बगिरहे आँसुका धाराहरु ।

यसरी बाटो लागे ।

२०७७ भाद्र २६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको