ॐ नम: स्वहा:


राम हराम हो भन्दै
धर्म धोङ हो भनी
भौतिक विज्ञानको पाठ सिकाउनेहरु
अहिले आफै
जय ! जय ! राम !!
थोरी तिर जामको वजन गाउदै
दोकाबाट ल्याउन नसकी
झ्यालबाट भामन देवलाई गुसार्दै छ्न ।
भैसालु भैस
नास्तिकतामा पोल्न लगाई
आफू भैंसी पुजामा आस्तिक हुँदै
रामदेवका चरन कमल धुने
स्खलित फूलकमलहरु
भोले गोले बाबाको
गाला र पिधौला मुसार्दै छ्न ।
लेफ्त विङको
राता किताबका गायत्री मन्त्र जप्नेहरु
चिकेन विङ्को
चिल्ला चुकिला स्वाद हसुर्दै
वामपन्थी मिल्काउदै
दामपन्थी, खामपन्थी अनि रामपन्थीको
कमाउनिश्त धन्धामा
हामी अन्धालाई
सम्वृद्दिको सपना देखाई
उनिहरु सम्धीका सपना समाउदै छ्न ।
आत्मनिर्भर वीरहरुलाई
बगर तिरको झुर मान्दै
उल्लुले झल्लुको
नाग नगिनी रिजाउन
जालेमाले गालेमाले
कोरोना भाले पचाउन
अर्बौं नेपाली पसिना
ॐ नम: स्वहा: बनाउदै छ्न ।
हामी लल्लुहरु लोलाउदै, औलाउदै, भौलाउदै
जिन्दावाद! र मुर्दावाद!!
अन्त: पम्परा हात लगाउदै छ्न।

– याङो श्रो

 

२०७७ भाद्र २६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको