गोंगबु हत्या प्रकरणका अभियुक्त ‘कलाकार’, फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या !


साउन २७, काठमाडौं । गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी (पौडेल) कलाकार समेत भएको खुल्न आएको छ । उनले केहि टेलिशृंखलामा अभिनय समेत गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

उनले कृष्णबहादुरको विभत्स हत्या गरी शरीरको भाग सुटकेसमा प्याक गरि टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा फालेकी थिइन् भने टाउको र खुट्टा जेब्रा झोलामा पोको पारी शरीर फालेको ठाउँबाट अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फालेकी थिइन् । आइतबार बिहान प्रहरीले टाउको र खुट्टा बिनाको शव फेला पारेपछि तालिम प्राप्त जो जो नामको कुकुर परिचालन गरी टाउको र खुट्टाको भाग फेला पारेको थियो ।

शवको पहिचान भने सोमबार मात्र खुलेको हो । शवको सनाखत नहुँदा प्रहरीले मृतकको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक भएपछी मृतकको मामा नाता पर्ने ब्यक्ति आएर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक स्थायी घर रोल्पा भए पनि केही समयअघि दाङ बसाइ सरेका र हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा काम गर्दै आइराखेका थिए । उनी बिगत ८ महिनादेखि गेस्टहाउसमा बस्दै आइरहेका थिए । अभियुक्तलाई सोमबार साँझ प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको हो | घटनामा संलग्न भएको अभियोगमा प्रहरीले उनको छोरीलाई पनि नियन्त्रणमा लिएको छ |

मृतक र महिलाबीच कसरी भयो चिनजान ?

मृतक र महिलाबीच सामाजिक संजाल फेसबुकमार्फत चिनजान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु ३।४ बर्षदेखि फेसबुकमा चिनजान भइ सम्पर्कमा आएका थिए | उनीहरुबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

कसरी भयो घटना ?

गेस्टहाउसमा बस्दै आइरहेका मृतक शनिबार ती महिलाको कोठामा बस्नेगरी गएका थिए | होटेल संचालकलाई २ दिन आउदिन भनेर निस्किएका उनको शनिबार राति नै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ | मृतक महिलाको कोठामा बेला बेलामा आई भेट्ने गरेको पनि खुलेको छ । पछिल्लो समय मृतकले अभियुक्तको अन्तरंग फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेकै कारण ती महिलाले हत्या गरेको स्वीकार गरेकी छिन् । महिलाले मृतकलाई दही, चिउरा, मासु र भोड्का खान दिएको पनि अनुसन्धानबाट खुलेको छ |

उनले दहीमा स्लिपीङ ट्यावलेट राखेर खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको र त्यसपछि शवको टाउको र खुट्टा छिनाइ झोलामा राखी आफैँ फाल्न गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । शव व्यवस्थापनमा अभियुक्तको छोरीको पनि संलग्न रहेको खुल्न आएको छ |

कसरी पुगिन् चितवन ?

अभियुक्त आइतबार बेलुकी बिरामी मात्र चितवन गएको अनुसन्धानबाट खुल्न आएको छ | बिरामी लिएर काठमाडौं आई फर्कन लागेको एम्बुलेन्सबाट उनी चितवन गएकी हुन् । एम्बुलेन्सका ड्राईभर चिनेको व्यक्ति थिए | ड्राइभरलाई फोन गरी भाडा तिरेर छोरा छोरीसहित उनी चितवन गएकी प्रहरीले जनाएको छ । उनीहरुलाई खोजतलासको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा प्रहरीले सोमबार पक्राउ गरि काठमाडौं ल्याई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले घटनास्थलबाट धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल र मोबाईल सेट बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

 यो छुटाउनुभयो कि !

गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !

कृष्णबहादुर बोहराको हत्या अभियोगमा एक महिला पक्राउ

२ दिन आउँदिन है भनेर गेस्टहाउसबाट निस्किएका थिए बोहोरा !

स्लिपिङ ट्याब्लेट खुवाएपछि हथौडाले हानी हत्या, शव लुकाउन घाँटी र खुट्टा काटियो !

गोंगबु हत्या प्रकरण : अभियुक्त सार्वजनिक, फेसबुकमार्फत भएको थियो चिनजान

२०७७ श्रावण २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको