गोंगबु हत्या प्रकरण : अभियुक्त सार्वजनिक, फेसबुकमार्फत भएको थियो चिनजान


साउन २७, काठमाडौं । काठमाडौंको गोगबुस्थित नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

कृष्णबहादुर बोहोराको हत्यामा संलग्न रहेको आरोपमा सोमबार पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

कल्पना बोहोराको हत्यापछि एम्बुलेन्स चढेर चितवन पुगेकी थिइन् । उनलाई प्रहरीले चितवनको टाँडीबाट सोमबार साँझ नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो ।

कल्पनाले दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट मिसाइ खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको र त्यसपछि शवको टाउको र खुट्टा छिनाइ झोलामा राखी आफैँ फाल्न गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनले सुटकेसमा प्याक गरेको शरीरको भाग पहिला फालेको र पछि त्यसको ३ सय मिटर पर टाउको र खुट्टाको भाग फालेको अनुसन्धानबाट खुलेको छ ।

स्थायी घर रोल्पा भए पनि केही समयअघि दाङ बसाइ सरेका बोहोरा हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा काम गर्दै आइराखेका थिए । बिगत ८ महिनादेखि गेस्टहाउसमा बस्दै आएका बोहोरा शनिबार ती महिलाको कोठामा बस्ने गरी गएका थिए । सोहि रात उनको हत्या भएको थियो । उनीहरुबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

 यो छुटाउनुभयो कि !

गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !

कृष्णबहादुर बोहराको हत्या अभियोगमा एक महिला पक्राउ

२ दिन आउँदिन है भनेर गेस्टहाउसबाट निस्किएका थिए बोहोरा !

स्लिपिङ ट्याब्लेट खुवाएपछि हथौडाले हानी हत्या, शव लुकाउन घाँटी र खुट्टा काटियो !

२०७७ श्रावण २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको