स्लिपिङ ट्याब्लेट खुवाएपछि हथौडाले हानी हत्या, शव लुकाउन घाँटी र खुट्टा काटियो !


काठमाडौँ । कृष्णबहादुर बोहराको हत्याको मुख्य योजनाकार कल्पना शाही नै भएको निष्कर्ष प्रहरीले निकालेको छ । कल्पनाले आफैंले बोहोराको हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् |

कल्पनाले बोहोरा आफ्नो कोठामा पुगेर आफूसँगै बसेर बियर खाएको र बियरको नसा चढ्दै गएपछि दहीमा स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) घोलेर खुवाएको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

बोहोरा बेहोस भएपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी हत्या गरेको र हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेर शरीर मुख्य भाग सुटकेसमा हालेर पहिला फालेको र फेरीपछि कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक भएको जेब्रा झोलामा हालेर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् । शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।

कल्पनालाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरीले मंगलबार बिहान साढे १० बजे सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !

कृष्णबहादुर बोहराको हत्या अभियोगमा एक महिला पक्राउ

२ दिन आउँदिन है भनेर गेस्टहाउसबाट निस्किएका थिए बोहोरा !

२०७७ श्रावण २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको