नुवाकोटका थप एक जनामा कोरोना संक्रमण पुष्टि


असार २७, नुवाकोट | नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा नुवाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २९ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ४४२ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् |

२०७७ असार २७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको