कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो


असार २७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमुलका वर्ष ६० पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का वर्ष ५४ का पुरुष र अर्का एक जना सिन्धुपाल्चोकको ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । उनी फोक्सोमा पानी जमेको र मृगौला रोगका कारणले असार १६ गते पाटन अस्पताल भर्ना भएका थिए । असार १७ गते गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी ठेगाना भएका ४५ वर्षीय पुरुष क्षयरोगको उपचार गराउन असार १८ गते पाटन अस्पताल भर्ना भएका थिए | उपचारको क्रममा कोरोना परिक्षण गर्दा असार २२ गते रिपोर्ट पोजेटिभ आएको थियो | उनको असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

यस्तै गोकर्णेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको असार २५ गते उपचारको क्रममा निधन भएको हो | उनी मृगौला रोगका बिरामी थिए | स्वास्थ्यमा समस्या आएपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो | स्वासप्रस्वासमा समेत देखिएपछी २१ गते स्वाब संकलन गरि परिक्षण गरिएको थियो | उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए | योसंगी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ |

२०७७ असार २७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको