पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


असार २७, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार  नेपालमा कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भइसकेको छ  ।

नेपालमा हालसम्म ८ हजार ४४२ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किएका छन् । पछि २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् |

२०७७ असार २७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको