पोष्टपाटी युएई । नेपाल कम्युनिस्ट पाटीको अन्तर्राष्ट्रिय ब्यूरोको मध्यपुर्ब जिल्ला अन्तर्गत भातृसंगठनहरुले लिपुलेक माथी भारतिय हस्तक्षेपको बिरोध गरेका छन् । भुमिगत रहेको बिप्लव नेतृत्व नेकपाको भातृसंगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदी र कतार मोर्चाले छुट्टाछुट्टै प्रेस बक्तब्य मार्फतमा भत्सर्ना गरेका छन् ।
नेपाली जनप्रगतिशिल मोर्चा साउदीको प्रेस बक्तब्यको पुर्ण पाठ:
मिति २०७७/बैशाख २५ गते भारतका संघिय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखणड राज्यको पिथौलागढबाट नेपालको लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमीटर सडकको भिडियो कन्फेरेन्स मार्फत उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रि स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो हस्तक्षेप हो । हाम्रो संगठन भारतीय साम्राज्यवादद्वारा गरिएको अतिक्रमणको घोर बिरोध र भत्सर्ना गर्दछ । नेपाल भारत सिमाङ्कन सन् १८१६ को सुगौली सन्धिले निधारण गरेको सर्वविदित्तै छ सोहि सन्धि अनुसार लिम्पियाधुराबाट बग्ने कालिनदि नै भारत नेपाल बिचको पश्चिम सिमा भएको भारत लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले स्वीकारेको सन्दर्भमा सन् १९६२ मा भारत चिन बिच भएको युद्धमा नेपालको भुमी प्रवेश गरेको साम्राज्यवादि सेना आजसम्म फर्केर नजानु साम्राज्यवादको मिचाहा प्रवृति हो ।
नेपालको भुमि प्रयोग गरि सडक निर्माण कार्य अविलम्ब रोक्न भारत सरकार समक्ष जोडदार माग गर्दछ । नेपाली भूभागमा बेरोकटोक बाटो बनाउदा पनि चुप बस्ने सामाजिक दलाल पूंजीवाद केपि ओलि सरकारको भारती साम्राज्यवाद प्रतिको दलाली, लाचारी खुल्ला रुपमा प्रकट भएको छ । भारतले बाटो बनाउन खोज्दा नेपालको भूभाग भारतिय नक्सामा सामेल गर्दा नेलाली सिमानाहरु ठाउँठाउँमा मिचिदा पनि संसदवादी दलाल राज्यसत्ता मूकदर्शक देखिएकाले नेपाललाइ दिनप्रतिदिन पराधिन बनाउन लागेको छ । यस्तो नपुंसक दलाल पुजीवाद सत्ताको अन्त्यको लागि संघर्षमा एकजुट हुँदै सम्पुर्ण राजनीति दल, देशभक्तबामपंथी, लोकतन्त्रवादी, प्रगतिशिल जनसमुदायहरु, श्रमिक मजदुरहरु र प्रवासमा रहेका देशभक्त जनसमुदायहरुलाई संमवेदनशिल र गम्भीर भइ यसको बिरोध तथा प्रतिकारको लागि एकजुट हुन नेपाली जनप्रगतिशिल मोर्चा साउदी हार्दिक अपिल गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
युबराज कार्की (शेखर)
केन्द्रिय समिति
साउदी ।
नेपाली जनप्रगतिशिल मोर्चा कतारको प्रेस बक्तब्यको पुर्ण पाठ: :
प्रेस बिज्ञप्ति
यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालि भुमिमा भारतीय सरकारको रक्षामन्त्रीको नेपाली भूमि कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने ८० किमि सड्क निर्माण गरि उद्घाटन गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी मध्यपूर्व ब्युरो अन्तर्गत रहेको संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारको गम्भीर ध्यानाकर्षण भएको छ ।
एउटा स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमाथि भारतीयहरूको हस्तक्षेप अत्यन्तै घिनलाग्दो, निन्दनीय र भत्र्सनायोग्य छ । नेपाली भूमिबाट खोलिएको उक्त सडकको उद्घाटन गर्ने कार्यले भारतीय शासकहरूमा विगतमा आफूले भोगेको दास मानसिकता अझैसम्म पनि नहटेको प्रस्ट भएको छ। भारतीय साम्राज्यवादको यो ह’र्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । भारतीय विस्तारवादीहरुले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि नांगो ह’मला गर्ने भारतीय विस्तारवादीहरुको यो हेपाहा र दादागिरीको नेपाली जनप्रगतिशिल मोर्चा कतार घोर भत्र्सना वि’रोध गर्दछ ।
भारतीय विस्तारवादले दसकौ देखि नेपाली भूमिमा रमाउदै चीनसम्म जोड्ने सडक निर्माण गरि सक्दा पनि बेवास्ता गर्दै कानमा तेल हालेर बस्ने र चालै नपाएको जस्तो गरि नाटक गर्दै मौन बस्ने हाम्रा नेपालि सत्तासिन मण्डले शासकहरु प्रति नेपालि जनप्रगतिशील मोर्चा कतार गम्भीर ध्यानाकर्षण गरौदछ ।
यस्ता राष्ट्रियता माथि नै प्रश्न चिन्ह खडा हुने गम्भीर समस्याहरु आइरहदा पनि यसको समाधानको कुनै पहल नगरिनुले प्रधानमन्त्री केपीशर्मा ओलीको राष्ट्रवादी मुकुन्डो त पूरै च्यातिएको छ। तथापि भारतीय अतिक्रमणका विरुद्ध चौतर्फी जनदबाब बढ्न थालेपछि परराष्ट्र मन्त्रालयमार्फत हस्ताक्षरबिनाको काइते विज्ञप्ति निकालेर झारा टार्ने जस्ता काम मात्र भइरहेको देखिन्छ। नागरिकहरू लकडाउन तोडेर सडकमा आइसक्दा पनि केपी सरकारले औपचारिकताबाहेक समस्या समाधान हुने गरी कुनै पहल नगरिनुले ओलीको खोक्रो राष्ट्रवादी झनै उदांगो मात्र भएको छैन कि यसले त ओली सरकार साचिकै भारतीय विस्तारवादको असल नाइकेझैँ भएको देखिन्छ ।
नेपाल प्रतिको भारतीय साम्राज्यवादी, विस्तारवादी नीति तत्काल बन्द गर्न हाम्रो नेपाली जनप्रगतिशिल मोर्चा कतार यसै प्रेस बिज्ञप्ति मार्फत कडा निन्दा गर्दै भारतीय शासकहरूको नेपाली भूमिमाथिको हस्तक्षेपको चौतर्फी विरोध एवम् भण्डाफोर गर्न सम्पूर्ण प्रगतिशील तथा देशभक्त युवा विद्यार्थीहरू, शिक्षक, बुद्धिजीवी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी सबैमा हाम्रो नेपाली जनप्रगतिशिल मोर्चा कतार विशेष अपिल गर्दछ ।
साजन गुरुङ
अध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती
कतार
प्रतिक्रिया दिनुहोस