कोरोना संक्रमितको संख्या १२१ पुग्यो, प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित


बैशाख २९, काठमाडौँ । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या ३३ पुगेको छ ।

उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता, आज कपिलवस्तुका १० जना पुरुष तथा सप्तरी जिल्लाका एक जना पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १२१ पुगेको छ । यसमध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ४० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।

२९ बैशाख २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको