रोल्पामा कोरोना संक्रमण भित्रिन नदिन गरियो कडाई


चैत्र २९, रोल्पा । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन रोल्पा जिल्ला लुङग्री गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।

बिश्वभर फैलिदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी गाउँपालिकाका सबै वडा र गाउँ-गाउँमा सतर्क रहन निर्देशन जारी गरिएको छ।

लुङ्गग्री गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष परशुराम घर्तीमगरका अनुसार एक गाउँ देखि अर्को गाउँ जाने नाकामा समेत स्थानीय बासिन्दाको सक्रियतामा चेकजाच गरिएको छ।

आमा समुह, स्वयंसेवक र युवा क्लबको सक्रियतामा हरेक गाउँमा कोरोना भाइरस संक्रमण बारे जन चेतना जगाउन माइकिङमा जुटिरहेको बताउनु भयो। घर्तिमगरका अनुसार कोरोना भाइरसबाट बच्नका लागि सचेतना जगाउदै स्वास्थ्यकर्मी र स्वयंसेवकहरु घरदैलोमा पुगेर मास्क र साबुन वितरण गरिएको छ ।

गाउँ-गाउँका नाकामा स्वयंसेवक खटाएर निगरानीमा थप कडाइ गरिनुका साथै अनाआवश्यक हिडडुल गर्नेलाई कारबाही समेत गरिएको जानकारी दिए ।

समाजसेवी समेत रहनुभएका परशुराम घर्तिमगरका अनुसार कोरोना भाइरसबाट गाउँबासीलाई जोगाउन अतिआवश्यक कामबाहेक एक गाउँ देखि अर्को गाउँ जानसमेत पुर्ण रुपमा प्रतिबन्ध लगाइएको जानकारी  दिए ।

 

२९ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको