नेकपा अध्यक्ष प्रचण्डले छुट्टै राजनितिक संयन्त्र बनाउदै हुनुहुन्छ भन्ने सवाल रेडियोमा सुनें र मैले एउटा देश बनाउने र सगरमाथा जोगाउने सुझाव नेकपा चेयरमेन प्रचण्डलाई सम्प्रेषण गर्न चाहें।
कमरेड चेयरमेन,
१५ वर्ष दल बनाउदै बित्यो। कहिले नेकपा माओवादी, कहिले एमाओवादी, कहिले माओवादी केन्द्र हुँदै हाल नेकपासम्म बन्दा पनि राजनीतिक संयन्त्रको अभाव देखिएर नै हो १५ वर्षहरु दल बनाउदै बित्यो ।
अब राजनितीक संयन्त्र बनाउनु आवश्यक छैन । बरु देश बनाउने संयन्त्र बनाउनुहोस । जसको लागि केहि मेरा सुझावहरु रहेका छन् ।
तपाइ जंगल जादा मान्छे मात्रै मरे…धेरैले दुख पाए। कैयनको रगत बग्यो ।
तपाईं जंगलबाट १२ बुँदे दिल्ली सम्झौता गरेर काठमाडौं आइसकेपछी तपाइको राजनितिले राजनीतीक संयन्त्र मात्रै बनायो देश बनाउने संयन्त्र खै कहिले बनाउनु भो ?
खबरदारीको अभाव भएको भनौं भने कति मात्रै विरोधाभास गर्नु सिएम ? अब देश बनाउने संयन्त्र बनाउनुहोस। राजनितीक संयन्त्रले देश कंगाल हुने भयो। बरु तपाईं क्रुर शासक बन्नुहोस, भ्रष्टाचार विरुद्द निर्मम बन्नुहोस । जसको लागि अब स्थानीय देखि केन्द्रसम्मका संयन्त्र टोटली ध्वस्त गर्नुहोस।
हिजो राजतन्त्र हुदाका दलहरु आज गणतन्त्रमा हुनु भएन । सम्पूर्ण राजनीतिक दलहरु भंग गरेर अब देश बनाउने दलको संरचना बनाउनुहोस। च्याउसरि उम्रिएका राजनितिक दलहरु अब आवश्यक छैन कमरेड ।
सम्पूर्ण दल र सम्पूर्ण संरचना ध्वस्त गरेर जम्मा ३ पार्टी मात्रैलाई वैध बनाउनुहोस। अनि सत्ता श्रमदानमुखी बनाउनुहोस।
यदि यसो भयो भने यी दुनिया रंगका चाकरी र पंखाहरु साइड लाग्नेछन।
तपाइलाई कमजोर बनाउने तपाईकै पार्टीका झण्डेहरु हुन । नपत्याए सामाजिक संजाल हेर्नुहोस त कमरेड । जतिबेला पनि हाम्रो प्रचण्ड यस्तो, हाम्रो प्रचण्ड उस्तोका स्वार्थी आवाजहरु थुप्रै देखिए।
हजारौं मुसाहरु भन्दा एउटै सिंह राम्रो तर त्यहा भ्रष्टाचार शून्य हुनुपर्यो।
जनताका छोराछोरीको रगतले लेखिएको रातो गणतन्त्रले आज किन हार्दैछ ? मूल मर्मलाई किन भुल्दै छ ?
डिप्रेस कार्यकर्ताहरु चिप्ले भएकै कारण हनुमानहरुले तपाइँको बदनामी बनाए । बिरोधीहरुका विरोध त राजनीतिमा मसला हो । त्यसो त केपी ओलीलाई हेर्नुस…! जसले जति सामाजिक संजालमा विरोध कसले सहेको होला कमरेड ?
तर पनि झापाबाट नेपालका अन्य नेताहरु भन्दा धेरै मत ल्याएर ओलीले नै जिते।
बिरोधी आलोचनालाई बैरी देख्ने हजुरका कार्यकर्तालाई स्कूलिङको अभाव छ ।
अब अन्तरविरोध र विरोधाभास तिर भन्दा देश बनाउने संयन्त्र चाहिँ आजको २१ औं शताब्दीको माग हो अन्यथा, सिंगापुरका लइ क्युवानको हालत भो भने के होला ?
कमरेड ! दल बनाउदै हजुरको जुनि बित्यो, दुइतिहाई पाएर पनि कमजोर यो त विडम्बना भयो ! आखिर यस्तो संयन्त्रले फेल खाएरै छोड्यो नि हैन ।
झन्डै करोडको हाराहारीमा युवा पलायन हुनु, अन्न भन्डार नेपालको गरिमा खरानी हुनु, रगत लत्पतिएका रेमिटेन्सका नोटहरुले सुविधा र सेवा भोगी सत्ताको संरचना बन्नु भनेको नव सामन्तवाद र विकशीत पूजीवादको मलजल गर्नु सरह हो । यसले गरिबको ढाड सेक्ने भयो कमरेड !
अब दलहरु भंग गरेर भोलेन्टर सत्ता निर्माणको संयन्त्र बनाउनुस । राज्यसत्ता जागिर जस्तो भो, यसले नेपाली जनताको जिवनस्तर अत्यन्तै महंगो बनाइदियो।
राजाको नारायणहिटिबाट खोसेर ल्याइएको गणतन्त्र खुमल्टार र बालकोटको बंगाला र महलतिर पो गएर लुक्यो । यसलाइ देशैभरी जनताका घरघरमा पुर्याउन अब सेवामुखी सत्ता निर्माण तिर तपाईं लाग्नुभयो भने त्यही संयन्त्रले देश तीन महिनामा युरोपेली मुलुक जति विकसित हुनेछ ।
हाल किलोको नब्बे रुपैया पुगेको चिनी ४० रुपैयाँ किलोमा झर्नेछ। जनताले राहत महशुस गर्नेछन। अब यहि पेशेवर राजनितिकै संयन्त्र बनाउने हो भने नि कमरेड, लेखेर राख्नुहोस थोरै वर्षमा नै हामीले बजारबाट किनेर खाने सबैभन्दा सस्तो मुल्यको चामल नै ५००० प्रती बोरा पुग्ने भो ।
हिजो राजतन्त्रमा युवाहरु खाडी पलायन भएको थाहै थिएन । आज कोहि युवा भेटिदैनन १० लाख बाहेक ! यसैले अब सबै युवा नेपाल बोलाएर ७७ जिल्लामा स्कुल, कलेज, अस्पताल, सडक निर्माण गर्नलाई हामी ७० लाख युवालाई श्रमदानमा खटाउनुस । यद्यपि ३ महिना नि:शुल्क भोलुन्टर किन गर्नु नपरोस। देश विकसित हुन कुनै आइतवार छैन।
अकुत सेवासुविधाले गरिबले बजारबाट जिरा किनेर खानै नसक्ने अवस्था आइसक्यो। दरबारबाट महलतिर सारिएको गणतन्त्र अब महलबाट गरिबका झुपडीमा लानै पर्ने देखिन्छ । त्यसको लागि आफै उदघोस गर्नुभयो भने यहाँ वैद्य, विप्लव, ओली, खनाल सबै संगै हुनेछन। यहाँ हामी को कांग्रेस, को राप्रपा, को नेकपा ? हामी सबै नेपाली भन्ने संयन्त्रको खाँचो भो । अन्यथा सारा संसार बिक्री गरेर पनि मूल्य नपुग्ने अमुल्य सगरमाथा लिलाम हुने भयो ।
(लक्ष्मण चौलागाईं (विद्रोही), मेलम्ची नगरपालिका १ भोटेचौर, सिन्धुपाल्चोक, हाल जोरपाटी काठमाडौं)
प्रतिक्रिया दिनुहोस