चैत्र २९, दाङ । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि नेपालमा पनि यसको प्रत्यक्ष असर परेकोछ । घोराही उपमहानगरपालिका १३ स्थित प्रगती नगर टोलका काली बहादुर पुनले वडा कार्यलयको समन्वयमा १ लाख बराबरको खाद्यान्न वितरण गरेका छन् ।
पुनले प्रगती टोलभित्र सुक्रबार वितरण गरेका थिए । उनले ५ किलो चामल, तेल, नुन, दाल १-१ किलो प्रतिघर वितरण गरेका हुन्। वडा कार्यलयको परिपत्र अनुसार राहत पाउने ब्यक्तिको नागरिकता कायम राखिएको थियो। राहत पाएपछि नागरिकहरुले खुसी व्यक्त गरे, ‘राज्यले दिएन, ब्यक्तीले दिनु भयो, खान पाइयो’ ।
नेपालमा लकडाउन जारी भए यता कैयौं मानिसलाई साँझ-बिहान खान खाद्यान्न अभाव भएको छ। दैनिकी ज्याला मजदुर गरिखानेमा झन ठूलो भोकमरीको समस्या उत्पन्न भएको छ।
टोलका अध्यक्ष राजेश घर्तिमगरका अनुसार पुन अत्यन्त समाज सेवि अग्रज ब्यक्ती हुन। पुनका जेठो छोरा तिजन पुन भारतिय सेना र कान्छा छोरा ब्रिटिस सेनामा कार्यरत छन्।
कोरोना त्राश फैलिरहे देशमा अझै लकडाउन थप भए देश र राज्यलाई अफ्ट्यारो परेको बेला आफुले सहयोग गर्ने यस्तै खान नपुग्ने परिवारलाई अझै आफुले ब्यक्तिगत रुपमा रासन वितरण गर्ने काली बहादुर पुनले बताए ।
प्रतिक्रिया दिनुहोस