फागुन २८, कैलाली । नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्धले पार्टीप्रति आम नागरीकको आकर्षण नरोकिएको बताएको छ । केही नेता कार्यकर्ता क्रान्तिबाट भाग्दैमा पार्टीप्रति नागरिकको विश्वास र साथ नरहेको भन्न नमिल्ने नेकपाको भनाई छ ।
आज सेती महाकाली ब्युरोले आयोजना गरेको सास्कृतिक कार्यक्रममा सहभागी नेकपा कैलाली इन्चार्ज प्रशान्तले सरकारले आफुहरुमाथि लगाएको प्रतिबन्ध एक बर्ष पुगेको र यसले खुल्ला रुपमा संगठन निर्माण लगायतका कार्य गर्न असहज भएपनि आन्तरीक तथा जनताकोबीचमा पुगेर नेताकार्यकर्ताको प्रत्यक्ष भेटघाट तथा छलफलले फाईदा पुर्याएको बताए ।
आम नागरिकसँग आमने सामनेबसेर पार्टीको नीति, योजना तथा उदेश्यका बारेमा बिस्तृत रुपमा बुझाउन तथा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने कार्य जारी राखिएको र यसले ठूलो उपलब्धी पार्टीलाई भएको उनको भनाई छ ।
आज कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ६ बिसालनगरमा नेकपाले सास्कृतिक कार्यक्रम गरेको थियो । कार्यकममा सामना परिवारको बिशेष प्रस्तुती थियो । सास्कृतिक प्रस्तुतीबाट नै जनतालाई क्रान्तिमा गोलबद्ध गर्न र वैज्ञानीक समाजवाद स्थापनार्थ सुरु गरिएको एकिकृत जनक्रातिको यात्रामा अघि बढ्न उत्प्ररित गर्ने उनीहरुले बताए ।
यसैगरी साथै घोडाघोडी नगरपालीका ४ जनकपुरमा समेत कार्यक्रम गरेको थियोे ।
प्रतिक्रिया दिनुहोस