दलित मोर्चाका अध्यक्षलाई तत्काल रिहा नगरे कडा संघर्ष गर्ने मोर्चाको चेतावनी


फागुन २८, गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल गुल्मीका अध्यक्ष वसन्त गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ बाट उनलाई पक्राउ गरिएको हो । दलित मुक्ति मोर्चा नेपालले एक विज्ञप्ति जारि गरि उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।

मोर्चाका लुम्बिनी समन्वय समितिका संयोजक जित बहादुर रसाइलीद्वारा हस्ताक्षरित विग्यप्तीमा भनिएको छ, “मोर्चामा आस्था राखेकै कारणले यसरी निर्दाेष नागरिकलाई गिरफ्तार गरिएकोप्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । उहाँलाई तत्काल रिहाईको माग गर्दै, निर्दाेष नागरिकहरुलाई मोर्चामा आस्था राखेकै कारणले गरिने धरपकड बन्द गर्न समेत चेतावनी दिन चहान्छौं ।”

गैरेलाई तत्काल रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी मोर्चाले दिएको छ ।

हेर्नुस विज्ञप्ति

 

२०७६ फाल्गुन २८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको