राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर मलाई फसाउन खोजियो: पूर्वसभामुख महरा

फाइल तस्बिर

फागुन २८, कपिलवस्तु । पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर आफुलाई फसाउन खोजिएको बताएका छन् ।

गृह जिल्ला रोल्पा पुगेर फर्कर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा कार्यक्रता सगँको भेटमा महराले अदालतले सफाई दिएकोले यसको श्रेय आमनागरिकमा जाने बताए । दाङ रोल्पाका सबै ठाउँमा पुगेको बताउदै कपिलवस्तुको शिवगढीवासीहरुसँग २८ वर्षपछी पहिलोपटक भेट हुदाँ खुसी भएको बताए ।

रमुवादहका स्थानियहरुले महरा र उहाँकी धर्मपत्नीलाई माला लगाएर स्वागत गरेका थिए । निर्वाचन क्षेत्र तथा अन्य स्थानका आम नागरिकहरुले अपार माया पाएको बताउँदै जनताको हित विपरत कुनै कदम नचाल्ने प्रतिबद्धता समेत जनाएका छन् । “मलाई राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो ”उनले भने “म माथि झुटो आरोप लगाइयो, ।” अदालतले निर्दोष सावित गरेपछि आफ्नो घर परिवार र आफन्तजन संगको भेटघाटमा व्यस्त रहेका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुफु फुपाजुसँग भेटघाट गरेका छन् ।

शिवगढी आउन ईच्छा रहेको भएपनि कार्यव्यस्तताले आउन नपाएको जनाउदै लामो समयपछि आउँदा पनि जनताले गरेको माया प्रति आफु कृतज्ञ भएको बताए । रोल्पा, प्यूठानबाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने महराले बताए । शिक्षा स्वास्थ्य रोजगार लगाएतका विषयमा विकास गर्न आवश्यक रहेकोले विकासमा फड्को मार्नुपर्ने बताए ।

उनले तिन महिनासम्म आफु जेलमा रहँदा दश हजार जना भेट्न आएको बताए । जेलमा रहँदा धेरै जन सर्मथन पाएको भन्दै राजनितिक विषयलाई लिएर आफुलाई फसाउन शक्ति लागेको बताए । पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन, जिल्ला सचिवालय सदस्य मिना परियार, वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का लगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

२८ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको