दाङमा ३० बर्षीय युवकले १८ बर्षीया किशोरीलाई विवाह गर्न खोजेपछि…

सांकेतिक तस्बिर

फागुन २८, दाङ । दाङमा एक वालविवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको सक्रियतामा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १४ ढोरेनीमा हुदै गरेको वाल विवाह रोकिएको हो ।

साथै विवाहमा संलग्न तीन जनालाई नियन्त्रणमा समेत लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । १८ बर्षीय केटीको वाल विवाह गरिदिन लागेको सूचनाका आधारमा सूचना आएपछि बुधबार विहान १० बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुलाह घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३० बर्षीय कृष्णबहादुर केसी, घोराही १४ ढोरेनी निवासी दुलहीका वुवा र १८ बर्षीय दुलहीलाई प्रहरीले पक्राउ गरेको हो ।

दुलाह र दुलहीका वुवावि’रुद्ध मुलुकी अप’राध (सं’हिता) ऐन २०७४ को भाग २ को परिच्छेद १ को दफा १७३ को वाल विवाह गर्न नहुने कसुरमा मु’द्दा दर्ता गरि अनुसन्धान अघि बढाईएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । दुलहीलाई भने आमाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

२८ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको