माघ २८, काठमान्डौ । रोजगारको शिलशिलामा जापानमा रहेकी समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौला सहित तिन जना बिरुद्द साइबर क्राइम मुद्दा दर्ता भएको छ । मंगलबार दिउसो साइबर ब्युरो भोटाहिटीमा आफुलाई ज्यानमार्ने धम्कि आएको भन्दै संकर तिवारीले साइबर क्राइम मुद्दा दर्गा गराएका हुन् ।
उनले झापा घरभई जापानमा बस्दै आएका ज्वाला संग्रौला संगै झापा घर भएर हाल मलेशियामा बस्ने सुमन फ़ुईयाल र पोखरका काँसी जेद्दि नाम गरेका व्यक्तिहरु बिरुद्द तिवारीले मुद्दा दर्ता गराएका हुन् ।
करिब १ बजे साइबर ब्युरोमा पुगेका तिवारीको प्रहरीले केहीबेर जाहेरी लिन नमानेको उनले बताए । देश बाहिर बस्ने अभियुक्तलाई कारबाही गर्न अप्ठ्यारो हुने बताउदै जाहेरी लिन नमानेको तिवारीको भनाइ थियो । तर केहि समयपछि भने संकर तिवारीले ज्वाला संग्रौला सहित ३ जना बिरुद्द बिरुद्दको साइबर क्राइम मुद्दा दर्ता गराएका हुन् ।
हेर्नुहोस भिडियो:
प्रतिक्रिया दिनुहोस