माघ २८, रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ मजबाङमा ड्रागण फ्रुट खेती सुरु भएको छ ।
स्वरोजगारको क्रममा खाडी मुलुकको विभिन्न देशमा झन्डै १२ बर्ष बिताएर स्वदेश फर्किएका तिलक घर्ती मगरले आफ्नै बारिमा करिब ५ सय बोट ड्रागण फ्रुटको खेती सुरुवात गरेका छन् ।
रोल्पामै नयाँ खेती भएको भएता पनि खेतीबाट आफु सफल हुन सक्ने घर्ती बताउछन । ‘करिब १० लाख हाराहारीको लगानीमा फर्मको तयारी गरेको छु, अब केही महिना भित्र भेटनामबाट बिरुवा आउदैछ, थप्ने चरणमा छु’, घर्तीले भने ।
यो खेती रोल्पाकै नविन भएकाले वडा कार्यलयको पनि चासो बढेको माडी ५ का वडा अध्यक्ष भरत बहादुर बुढा मगरले बताए । ‘यदि यो खेती सफल भयो भने वडा कार्यलयले कृषकलाई अनुदान कार्यक्रम मिलाएर प्रोत्साहन गर्दै जानेछ’, अध्यक्ष मगरले भने ।
प्रतिक्रिया दिनुहोस