चीन जान मानेनन् नेपाल एयरलाइन्सका पाइलट र एयरहोस्टेज


माघ २८,काठमाडौं । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन्।

स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन्। जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको छ।

नेपालले चीनको वुहान लगायत अन्य सहरबाट १ सय ८० जना नेपाली विद्यार्थीलाई उद्दार गर्न फागुन ३ गते जहाज पठाउने बताइएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको जानकारी दिइन् । सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको दुईटा भवन खाली गराएको छ ।

चीनस्थित नेपाली दूतावासमा यसअघि नै १ सय ८० जना नेपाली विद्यार्थीले घर आउनलाई फाराम भरिसकेका छन्।

२८ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको