चेतना सहकारीले गर्यो लेखा व्यवस्थापन र सप्टवयर सम्बन्धी तीन दिने तालीमको आयोजना


माघ २८, सल्यान । जिल्लामा सञ्चालीत चेतना समाजिक उद्यमी सहकारी सस्था लि. ले आफ्नो अर्धवार्षिक समिक्षा गोष्ठि तथा कर्मचारीहरु लाई लेखा व्यवस्थापन, सप्टवयर सम्वन्धी ३ दिने गोष्ठि मंगलबारदेखि सुलभ होटेलमा सुरु गरेको छ ।

सस्थाका अध्यक्ष श्री फत्तेजंग घर्तीको अध्यक्षतामा संचालित गोष्ठीमा सस्थाका संचालक समितिका उपाध्यक्ष लोकेन्द्र श्रेष्ठ कोषाध्यक्ष प्रेमा वस्नेत, सदस्यहरु गेदलाल सार्की, खिम कुमारी नेपाली, रिता आर्चाय, सिता विष्ट र लेखा समितिका संयोजक मेघराज भण्डारी र सदस्य प्रगती कुमारी गिरीको आथित्यतामा गोष्ठिको संचालन भएको थियो ।

सस्थाका कोषाध्यक्ष श्री प्रेमा बस्नेतको स्वागत मन्तव्यबाट कार्यक्रम सूरु भएको हो । सस्थाले हालसम्म आईपुग्दा विपन्न वर्गमा चेतना सहकारी सस्था सवैको आँखाको नानी वन्न सफल भएको भन्दै सदस्यहरुलाई सेवा दिन आफुहरु निरन्तर लागि परेको वताईन ।

सहकारी सस्थाको मुल्य, मान्यता र सिद्वान्तलाई अनुसरन गर्दै चेतना सामाजिक उद्यमी सहकारी सस्था लि. वि.स. २०६८ साल चैत्र २७ गते स्थापना भई आफ्नो सेवाहरु विस्तार गर्दै आईरहेको छ । दलित, विपन्न, पिछडीएका वर्गमा सेवा दिने उद्वेश्यले सहकारीले ग्रामीण क्षेत्रमा सेवा दिने उदेश्यले स्थापना भएको सस्थाले आफ्नो सेवाहरु विस्तार गर्दै आईरहेको छ ।

सस्थाको आठौ वार्षिक साधारण सभा सम्म आईपुग्दा सल्यान जिल्लाभरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । हाल सम्म १० वटा सेवा केन्द्रहरु जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे, कालीमाटि, सल्लीवजार, बाङ्गेलाखुरी र दार्मामा स्थापना गरी आफ्नो सेवा विस्तार गर्दै आएको छ । ग्रामीण क्षेत्रमा समुह मोडेलमा लघुवित्त कार्यक्रम संचालन गर्दै हालसम्म करिव १० हजार भन्दा वढी शेयर सदस्यहरुसंग कारोवार गर्दै आईरहेको छ ।

सस्थाले आफ्नो आर्थिक वर्ष २०७६।०७७ को अर्धवार्षिक समिक्षा गोष्ठीमा आफ्ना कर्मचारीहरुलाई एकै ठाउमा भेला गराएर हालसम्म गरेका गतिविधिका वारेमा छलफल गरिरहेको छ । जिल्लाका विभिन्न सेवा केन्द्रका सेवा केन्द्रहरु र अन्य फिल्ड सहायक कर्मचारीहरुलाई एकै ठाउमा भेला गराएर सेवा विस्तारदेखि अन्य विभिन्न छलफलहरु चलाई रहेको छ । कार्यक्रममा बोल्दै सस्थाका अध्यक्षले कुनै पनि क्षेत्रमा उदेश्य विना कुनै काम सम्पन्न नहुने वताएका छन । सस्थाका विभिन्न गतिविधि गर्नु पुर्व लक्ष निर्धारण गरेर त्यस अनुसार अगाडी बढ्न कर्मचारीहरुलाइ निर्देशन दिएका छन ।

कार्यक्रमको संचालन सस्थाका कार्यकारी प्रमुख धन वहादुर नेपालीले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन सस्थाका मूख्य कार्यालयका कर्मचारीहरुले गरेका थिए । उक्त कार्यक्रम तिन दिन सम्म चल्ने भएको छ ।

२८ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको