माघ २८, काठमाडौं । नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेसँगै अवरुद्ध संसद खुलेको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको हो ।
कांग्रेसले संसद अबरुद्ध नगरेसंगै प्रतिनिधिसभाको बैटक मंगलबार दिउसो १ बजेबाट सुरु भैसकेको छ ।
अख्तियारले पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै काँग्रेसले बिहीबार, शुक्रबार र आइतबार बसेको संसद् बैठकमा अवरोध गरेको थियो ।
हेर्नुस भिडियो
प्रतिक्रिया दिनुहोस