चिनलाई आक्रमण गर्न नेपाललाई शैन्य अखडा बनाउने एमसिसिको रणनीति -देव गुरुङ


पुस २६, काठमान्डौ । सत्तारुढदल नेकपाका सचेतक देव गुरुङले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि) बीच हुने भनिएको सम्झौता राष्ट्रिय हित बिपरित भएको जनाएका छन् । एमसिसि सम्झौता मार्फत अमेरिकी फौजी रणनीति रहेको गुरुङले दाबि गरेका छन् । नेपाल सरकार एमसीसी बीच सम्झौता भएपछी चिन र अमेरिकाको युद्द मैदान नेपाललाई बनाउने अमेरिकी रणनीति रहेको दाबि गरे ।

एमसिसि खारेज अभियान नेपालको आयोजनामा नेपाल ल क्याम्पस लाइब्रेरी हल भृकुटी मण्डप, काठमाडौंमा शनिबार भएको अन्तरक्रियामा कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

एसियामा आर्थिक रुपमा छलाङ्ग मारिरहेको चिनलाई फौजी हस्तक्षेप गर्ने रणनीति अनुरुप अमेरिका एमसिसि मार्फत नेपालमा सैन्य अखडा खडा गर्न चाहेको सचेतक गुरुङले ठोकुवा समेत गरे । नेपालमा अमेरिकी सैन्य क्याम्प खडा गरेर तिब्बत क्षेत्रलाई आक्रमण गर्ने र सिंगो चिनलाई तहस नहस पार्ने फौजी रणनीतिका रुपमा अमेरिका नेपाल भित्रिन चाहेको उनले जिकिर गरे ।

उनले यसरि अमेरिका सहयोगको नाममा नेपाल पस्यो भने नेपाल पनि सिरिया, अफगानस्थान, इराक जस्तै हुने बताए । गुरुङले एमसिसि संग सरकारको सम्झौता हुन नहुनेमा अडान लिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बक्ताहरु देव गुरुङ, लिलामणी पोख्रेल, सिपि खनाल, गुणराज लोहनी लगाएतले आफ्नो भनाइ राखेका थिए ।

भिडियो:

 

२६ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको