बुद्ध सरयू चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न


पुस २६, दाङ । ‘नेपाल कलासंस्कृति र पर्यटनको प्रवर्दन ! चलचित्रमा अब गुणात्मक परिवर्तन !!’ भन्ने नारासहित दाङको घोराहीमा पहिलोपटक आयोजना गरिएको तीनदिने बुद्ध सरयू चलचित्र महोत्सव २०७६ भव्यरुपमा सम्पन्न भएको छ ।

पहल नेपाल दाङको आयोजना, नेपाल फिल्म एवं साँस्कृतिक एकेडमी काठमाण्डौं, नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी काठमाडौं र उदाहरण समूह, दाङको सहआयोना तथा चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघ, दाङको प्रवद्र्धनमा सम्पन्न चलचित्र महोत्सवको उद्घाटन ५ नं. प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले गरेका थिए । सभामुख घर्तीले नेपाली चलचित्र क्षेत्रको विकासमा अझैं थुप्रै समस्या भएको बताउँदै त्यसबारे व्यापक छलफल र वहस आवश्यक भएको टिप्पणी गरे । विशिष्ट अतिथी प्रदेश सभा सदस्य दामा शर्माले नेपाली कलासंस्कृति महत्वपूर्ण पूँजी भएको बताउँदै त्यसलाई स्थापित गर्न चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरी, वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा, अभिनेता नवल खड्का, संस्कृतिविद डा. गोबिन्द आचार्य, लेखक एवं प्रशिक्षक अनुप सुवेदी, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, अभिनेता मुनाल घिमिरे, मोडल एवं नायक बिनोद श्रेष्ठ लगायत दुई दर्जन कलाकर्मीहरुलाई सम्मान गरिएको थियो ।

महोत्सवमा नेपालको चलचित्र नीति र मौलिक चलचित्र विषयक अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले चलचित्रकर्मीहरुले नेपाली समाजबाटै कथावस्तु चयन गरी कलात्मक मौलिक चलचित्र निर्माण गर्नतिर लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

महोत्सवमा भीमदत्त, नुमाफुङ, सुनपानी, जन्मभूमि, इहिरी र फर्लुङ चलचित्र÷लघुचित्र प्रदर्शन गरिएको थियो । नेपाली मौलिक एवं सामाजिक चलचित्रको विस्तार र प्रवर्दनमा महोत्सव महत्वपुर्ण भएको चलचित्र निर्देशक एवं संयोजक केएल पीडितले बताए । महोत्सवको सफलतासंगै उत्साहीत बनेका संयोजक पीडितले आगामी वर्ष दाङ अझ व्यापकस्तरको महोत्सव आयोजन गर्ने बताएका थिए ।

२६ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको