भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित


असोज २४, काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको असोज २३ गते निधन भएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।

अब बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन ।

२०७७ आश्विन २४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको