‘आफै बुझ्न नसकिने कस्तो माया गरे’

कविता उपाध्याय

                गीत 

तिमीलाई भेटेदेखि बेचैनी छ मन
आफू आफ्नै बसमा छैन यो के गर्‍यौ भन

नशालु छन् नयन तिम्रा, हेर्दै मात लाग्छ
आफैलाई छोडी मन टाढाटाढा भाग्छ
जहर जस्तै कडा तिम्रो मुस्कानको खेती
दिलमा आगो सल्केदेखि भइराछ क्षति

तिमीलाई…..
आफू…..

निदरीमा आउछ्यौ तिमी सपनीको बाटो
बल्झिराको मनमा फेरि बस्यो नयाँ खाटो
न त भुल्नु न त खुल्नु दोधारमा परें
आफै बुझ्न नसकिने कस्तो माया गरे

तिमीलाई…..
आफू……

तिमी मेरी हुदैहोइनौ बुझेको छु तर
पीपल बिना अधुरो छ चौतारीको वर
आँसुझार्दै  कुरिरहे तिमी आउने बाटो
चोटैचोट थपिरह्यौ पिरतीको साटो

तिमीलाई भेटेदेखि बेचैनी छ मन
आफू आफ्नै बसमा छैन यो के गर्‍यौ भन

कविता उपाध्याय
रोल्पा

२०७७ आश्विन २४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको