दाङका १५ वर्षिय कोरोना संक्रमित किशोरको उपचारका क्रममा मृत्यु

फाइल तस्बिर

असोज २४, दाङ । दाङको घोराहीबाट उपचारका लागि नेपालगनञ्ज मेडिकल कलेज भर्ना भएका १५ वर्षिय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत किशोरको उपचारका क्रममा शुक्रबार राती ८: ३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक किशोरमा गत १९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा थेरापी सहित सबै उपचारका बिधि अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।

तुलसीपुरमा थप १४ जना नयाँ संक्रमित थपिए

शुक्रवार तुलसीपुरमा थप १४ जना नयाँ संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिइएको स्वावमा तीन जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भयको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार संक्रमित हुनेमावडा नं. ६ का ४ जना रहेका छन् । त्यसमध्य १८ बर्षीया एक किशोरी र २१,२६ र २८ बर्षका पुरुष छन् ।

त्यस्तै वडा नं. ६ का ४ जना मध्य ४३ बर्षीया एक महिला र २१,२३ र ३५ बर्षका पुरुष रहेका छन् । त्यस्तै वडा नं. १८ का पनि ४ जना संक्रमित फेला परेका छन् । यो वडामा पनि २२ बर्षीया एक महिला, २१,३४ र ३५ बर्षीया पुरुषहरुमा संक्रमन पुष्टि भएको छ ।

वडा नं. १५ मा २७ बर्षका एक पुरुष र वडा नं. १९ मा पनि ३६ बर्षीय एक पुरुषमा संक्रमन पुष्टि भएको छ । यो संगै तुलसीपुरमा कोरोना संक्रमित कुल संख्या ३०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९४ जना पुगेको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

२०७७ आश्विन २४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको