भदौ २५, राेल्पा । राेल्पामा प्रहरीले लुटपाटमा संलग्न रहेकाे अाराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।
सुनिलस्मृती गाउँपालिका -३ रोहिनिबाङमा श्रीमानले विदेशवाट पठाएको पैसा लुटपाट गरि फरार भएका लुंग्री गाउँपालिका ५ बुझिङका १८ बर्षीय शिवे रोका क्षेत्रीलाई विहिबार साँझ पक्राउ गरेकाे हाे ।
लुंग्री गाउँपालिका २ सिर्प बस्ने ४० बर्षीय तिरमा पुनको रकम लुटपाटमा संलग्न रहेको आरोपमा क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काकाले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काका अनुसार उनका श्रीमान दुर्गा बहादुर पुनले साउदीबाट पठाएको रकम रु.१,१८,०००।–(एक लाख अठार हजार) आईएमईबाट निकाले ल्याउदै गर्दा पुनको झोलाबाट पैसा लुटेर क्षेत्री फरार भएका थिए ।
पैसा लुटेको खबर पाउनसाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटेको टोलीले अाईएमईकाे फुटेजकाे अाधारमा क्षेत्रीलाई पक्राउ गर्न सफल भएको हो ।
उनको साथबाट १ लाख १६ हजार ६ सय ५० रुपायाँ बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस