काठमाडौं उपत्यकामा थपिए ५ सय ७२ कोरोना संक्रमित


भदौ २५, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना छन् ।

अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ।

मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ५६ पुगेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको