एसि’ड आ’क्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर

भदौ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ते’जाब (ए’सिड) आ’क्रमणमा सं’लग्नलाई कार’बाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ का’नुन ल्याउने बताएका छन् ।

त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानू’न, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना ए’सिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

उनले ए’सिड आक्र’मणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

एसि’ड पीडितलाई नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् ।

हरेक बर्ष सेप्टेम्बर १० लाई ए’सिड आ’क्रमण विरू’द्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

सरकारले ए’सिड आ’क्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा ए’सिड आ’क्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने पनि उनले बताएका छन् ।

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको