घुस लिंदैगर्दा नेपाल खानेपानी संस्थान पोखरा शाखाका कर्मचारी वाग्ले रंगेहात पक्राउ


भदौ २५, पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका एक कर्मचारीले घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

४८ बर्षिय वाग्लेले २५ हजार घुस लिदैं गर्दा पोखराको पोमनगरपालिका १ बगरमा रहेको आशा म.म रेष्टुरेन्टबाट अख्तियारको टोलिले पक्राउ गरेको हो ।

सहायक प्रशासकिय कृष्णहरि वाग्लेले सेवाग्राहीबाट नगत २५ हजार घुस लिंदै गरेकोबेला पोखराको अख्तियार टोलीले पक्राउ गरेको हो ।

मिटर जडान गरिदिने भन्दै चर्को रकम मागेको र सस्तोमा आफुले मिलाईदिने भन्दै सेवाग्राहीलाई बाहिरी ठाउँमा बोलाएर घुस रकम मागेको बुझिएको छ ।

वाग्लेले बगरमा भेट्ने र सबै कुरा त्यही गर्ने भन्दै बोलाएपछी अख्तियर पोखराका टोलि सहित खटिएर पोखरा महानगर पालिका १ बगर स्थित रहेको आशा मम रेष्टुरेन्टमा घुस रकम लिदै गर्दा रङ्गेहात फेला पारेको हो । उनलाई अख्तियारले अनुसन्धान गरिरहेको बताएको छ ।

 

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको