पहिरोको जोखिममा परेका रोल्पा जंकोट र भाबाङका बस्ती स्थान्तरण गरौँ – मन्त्रि बर्षमान पुन


भदौ २५, काठमाडौं । गृहजिल्ला पुगेका उर्जा तथा जलस्रोत मन्त्रि बर्षमान पुन ‘अनन्त’ले जंकोट र भावाङका जनप्रतिनिधिहरुसंग भेटघाट गरेका छन् । मंगलबार साँझ आफ्नो घर माडीचौर पुगेका मन्त्रिले जंकोट र भावाङको पहिरो बिपत बिषयमा स्थानीय जनप्रतिनिधिहरुसंग त्यहाँको अबस्थाबारे जानकारी लिएका हुन् ।

भेटघाटका क्रममा रोल्पा नगरपालिका ८ का वडाध्यक्ष सनसिङ बुढा मगरले ज्ञापनपत्र बुझाउदै जंकोटका विभिन्न भागमा भएको क्षेती बारे जानकारी गराएका थिए । ज्ञापन पत्रमा भदौ ३ र ४ गतेको पहिरोबाट भएको क्षेति विवरण सहित पिडितहरुको उद्दारको लागि बैकल्पिक मागहरु समेत समाबेस गरिएको थियो भने पहिरो जोखिममा रहेका बस्तीहरु स्तान्तरणगरि एकीकृत बस्ति निर्माण गर्नुपर्नेमा बिशेष जोड दिएको छ ।

त्यसैगरी माडीगाउँपालिका ५ का वडाध्यक्ष भरत बुढा ‘बसन्त’ले भाबाङमा भएको क्षेतीबारे मन्त्रि पुनलाई जानकारी गराएका थिए । उच्च जोखिममा रहेका भाबाङका केहि बस्तीहरु स्तान्तरणगरि एकीकृत बस्ति निर्माण गर्नुपर्ने वडाध्यक्ष बुढाले मन्त्रि समक्ष माग गरेका थिए ।

रोल्पा नगरपालिका मेयर पूर्ण केसीले पनि खुमेल लगायत नगरपालिका भित्रका अन्य उच्च जोखिममा रहेका बस्तीहरु सार्नु पर्नेमा जोड दिएका थिए । नगरपालिकाले पहिरोको बिपतमा परेका घरहरुलाई तत्कालै राहात वितरण देखि अन्य आबस्यक ब्यबस्थापन गरेको मन्त्रि पुन समक्ष जानकारी गराएका थिए । नगरपालिकाको तर्फबाट पहिरो पिडितलाई सहयोगका लागि विभिन्न निकायहरु संग समन्वय गरेको र स्वयम् नगरपालिकाले नै नगत तथा जिन्सी सहयोग समेत गरेको मेयर केसीले जानकारी गराए ।

अन्य जनप्रतिनिधिहरुले पनि पहिरोको समस्या र निकाशका लागि आ-आफ्नो रायसल्लाह दिने काम भएको थियो ।

उर्जा तथा जलस्रोत मन्त्रि बर्षमान पुनले भौगर्बिक अध्यनगरि बस्तिस्तान्तरण गर्न संघीय सरकारले पहल थाल्ने आश्वासन दिएका छन् ।बस्तिस्तान्तरण गर्दा समुदायको इक्छा र सहजता, विज्ञहरुद्वारा भौगर्बिक अध्यन, खानेपानीको सुबिधा लगायतका बिषयमा अध्यनगरेर मात्रै बस्ति पुनर्स्थापना गर्न सकिने मन्त्रि पुनले बताए । आबस्यक परे जोखिममा रहेका बस्तीहरुलाई माडीचौरमा समेत बस्ति पुनर्स्थापना गर्न सकिने उनको भनाई रहेको थियो ।

बस्ति पुनर्स्थापनाका लागि संघीय सरकारको मापदण्ड रहेको र त्यसका आधारमा प्रक्रिया अगाडी बढाउने जनप्रतिनिधिहरुलाई आश्वासन दिएका थिए । पिडितहरुलाई हाल उद्दार तथा राहात वितरण गर्न स्थानीयतहलाई निर्देशन समेत दिएका थिए ।

२५ भाद्र २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको