कृष्णबहादुर बोहराको हत्या अभियोगमा एक महिला पक्राउ


साउन २६, काठमाडौँ । आइतबार काठमाडौँको गोंगबुस्थित गणेशस्थान नजिक सुटकेसमा भेटिएको शवको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा चितवनबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीप्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई काठमाडौं ल्याइदैछ ।

आइतबार बिहानै विभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । शरीर सुटकेस थियो भने टाउको र खुट्टा करिव ३ सय मिटर पर जेब्रा झोलामा फालिएको थियो ।

शवको पहिचान खुल्न नसकेपछि प्रहरीले केहि समय अघि उनको तस्बिर र हुलिया सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक गरेको केहि समयपछि नै कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।

शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको छ । प्रहरीका अनुसार उनको शव सुटकेश भेटिएको स्थानबाट ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको