दुप्चेश्वर गाउँपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द


साउन २६, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।

सोमबार ३ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेक गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, बैंक तथा वित्तीय संस्था तथा अन्य संघसंस्थाहरु अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्यण गरेको हो । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकको यस्तो निर्णय गरेको हो ।

दुप्चेश्वर गाउँपालिकाबाट २३ गते ७ जना पुरुष र ४ जना महिलाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएको थियो ।

जसमध्ये ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सो गाउँपालिकामा समुदायस्तरमा कोरोना फैलिएको छ | संक्रमितमध्ये दुप्चेश्वर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष, ज्योति विकास बैंकका सुरक्षाकर्मी (वडा नं ४ घर भएका) र विदेसबाट आएका वडा नं २ का १ पुरुष रहेका छन् । विदेसबाट आएका पुरुषबाहेक अन्य २ जना क्वारेन्टाइन बाहिरका हुन् ।

यसैबीच गाउँपालिकाले अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा घर बाहिर निस्कनु परे आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

यो पनि

नुवाकोटमा थप ४ जनामा कोरोना संक्रमण, दुप्चेश्वरमा वडाध्यक्ष र बैंकका कर्मचारी पनि संक्रमित

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको