गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !


साउन २६, काठमाडौं । आइतबार गोंगबुमा सुटकेशभित्र फेला पारिएको शवको सनाखत भएको छ । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

प्रहारीका अनुसार स्थायी घर रोल्पा उनी केही समयअघि दाङ बसाइ सरेका र हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा काम गर्दै आइराखेका थिए । आइतबार बिहानै विभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । शरीर सुटकेस थियो भने टाउको र खुट्टा करिव ३ सय मिटर पर जेब्रा झोलामा फालिएको थियो ।

शवको पहिचान खुल्न नसकेपछि प्रहरीले केहि समय अघि उनको तस्बिर र हुलिया सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक गरेको केहि समयपछि नै कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।

शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको छ । प्रहरीका अनुसार उनको शव सुटकेश भेटिएको स्थानबाट ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ ।

अहिले अपराधस्थललाई प्रहरीले घेरा हालेको छ भने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौर लगायतको टोली घटनास्थलमा छ ।

यद्यपी हत्याको कारण भने खुल्न सकेको छैन । हालसम्म प्रहरीले घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ गरिसकेको छैन ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको