नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु


साउन २६, काठमाडौं | नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ | मृत्यु हुनेहरुमा काठमाडौंका २ जना, पर्सा र बाँकेका एकएक जना छन् |

बांकेको कोहलपुर नगरपालिका- २ बस्ने ७० वर्षिया एक महिलाको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा साउन २५ गते दिउँसो ३:१० बजे मृत्यु भएको छ । उनी उच्च रक्तचाप बिरामी थिइन् ।

पर्साको वेदियाही गाउँपालिका वडा नं १५ वस्ने ४५ वर्षीय महिलाको साउन २५ गते विहान ४ बजे नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको छ ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-१०, मध्ये बानेश्वर बस्ने ७६ वर्षिय पुरुषको साउन २६ गते विहान १०:१५ बजे मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । मृतक निमोनिया, उच्चरक्तचाप र मधुमेहका रोगि थिए ।

त्यस्तै काठमाडौंकै किर्तिपुर नगरपालिका ट्याडलाफांट वस्ने ६४ वर्षिय एक पुरुषको २६ गते विहान ५:४२ मेडिसिटी अस्पतालमा निधन भएको छ । मृगौलाका दीर्घरोगी उनी आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना भएका थिए । उनको गत साउन ५ गते कोरोना पुष्टी भएको ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको