नुवाकोटमा थप ४ जनामा कोरोना संक्रमण, दुप्चेश्वरमा वडाध्यक्ष र बैंकका कर्मचारी पनि संक्रमित


साउन २६, नुवाकोट | नुवाकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ र कीटजन्य रोग अनुसन्धान तालिमकेन्द्र हेटौंडामा गरिएको परिक्षणमा एक जना गरी ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ | जसमध्ये दुप्चेश्वर गाउँपालिका-६ का वडाध्यक्षसहित ३ जना र लिखु गाउँपालिकाका एक जना रहेका छन् |

लिखु गाउँपालिका -२ को ४२ वर्ष वर्षीय पुरुष रहेका छन् भने दुप्चेश्वर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष, ज्योति विकास बैंकका सुरक्षाकर्मी (वडा नं ४ घर भएका) र विदेसबाट आएर क्वारेन्टाइनमा बसेका वडा नं २ का १ पुरुष रहेका छन् | योसँगै जिल्लामा संक्रमितको संख्या ६१ पुगेको छ |

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको