पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो


साउन २६, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार ८ हजार ४ सय ३२ को पीसीआर परीक्षणमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ७९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट थप १४० जना डिस्जार्ज भएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ हजार ४९३ निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १० हजार ७ सय ६९ जना रहेका छन्। हाल ३७ वटा प्रयोगशालाबाट परिक्षण हुँदै आइरहेको छ |

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको