गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन


साउन २६ काठमाडौं । आइतबार बिहानै गोंगबुको गणेशस्थान नजिकै सुटकेशमा टाउको र खुट्टा बिनाको शव पर्यो । स्थानीयले सुटकेशबाट आलो रगत बगेको देखेपछी तत्काल प्रहरीलाई फोन गर्छन् । प्रहरी घटनास्थल पुग्छन् र फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाइन्छ । अनुसन्धान गर्न सजिलो होस् हेतुले कुकुरलाई सुँघाएर मात्र सुटकेस खोलिन्छ । सुटकेश खोल्दा विभत्स हत्या गरिएको टाउको र खुट्टा बिनाको शव फेला पर्छ ।

सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकिन्छ जहाँ अर्को जेब्रा झोला भेटिन्छ । झोला खोलेर हेर्दा टाउको र खुट्टा त्यहाँ भेटिन्छ । झट्ट सुन्दा कुनै फिल्मको क्लाइमेक्स जस्तो लाग्ने यो घटना सधै व्यस्त रहने काठमाडौंस्थित गोंगबुको हो ।

घटनाबारे प्रहरीले गहन अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ ।
कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई परिचालन गरिएको हो ।

यद्यपी शवको पहिचान भने हुन सकेको छैन । शव टाउको हुलिया हेर्दा मंगोलियन समुदायका अन्दाजी ४४/४५ वर्षका पुरुषको रहेका छन् । प्रहरीले शवको पहिचान गर्न नसकेका कारण अपराधीसम्म पुग्न नसकेको महाशखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन् ।

प्रहरीले त्यहाँ वरपरको सीसी टिभी फुटेज हेरेर अपराधीको पहिचान गर्ने कामलाई तीव्रता दिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलका बारेमा खोजी गरिरहेको र उक्त सुटकेस मध्यरातमा ल्याएर फ्याँकेको आशंका गरेको छ । प्रहरीले सुटकेश फ्याकेको ठाउँमा सेतो बोराको नाम्लोसमेत बरामद गरेको छ ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको