शुक्रबार थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


असार २६, काठमाडौं । नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

२०७७ असार २६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको