जाजरकोटमा पहिरो: ७ जनाकाे मृत्यु, ५ जना बेपत्ता


२६ असार, काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये सात जना मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार मृत फेला परेका सात जनामध्ये चारजनाको पहिचान खुल्न सकेको छैन ।

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य चार अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।’

२६ असार २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको