नेपाली गित संगितको बजारमा चर्चा कमाउदै “दुखि बाहुन” ।


काठमाडौँ । भर्खरै बजारमा आएको दुखि बाहुन नामक गीतका शब्द संयोजन, संगीत अनि कला अभिनयले नेपाली गित संगितको बजार तताइरहेको छ । जातीय रुपमा केही थर विशेषको आरक्षण कोटाले कित्ताकाट भएका र आवाज विहिन नेपालि नागरिकको बेदनाको तितो यथार्त ओकलेको यो गीतले धेरैको मन जित्न सफल भएको छ।
देशको बेथिति र विसंगतिलाई खवरदारी अनि सुसूचित गर्ने गित संगीत मध्ये दुखि बाहुन एक उत्कृष्ट गित हो भन्दा फरक पर्छ जस्तो लाग्दैन।
उक्त गीतमा डिआर सुजनको शब्द, संगीत, निर्देशन र अभिनय रहेको छ भने इमेज लोक कलाकार बिजेता तथा चर्चित गायक राम कुमार नेपाली, फुली नाकैमा गीतकी गायिका आयुशा गौतम, निरु कार्की र बिरेन्द्र एसबीको स्वर रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा मेरी बास्सैका चर्चित कलाकारहरु दिवाकर भण्डारी (सापटे), लेखान्त भुसाल (घिरौँले), सरास्वती फुँयाल, डिआर सुजन लगायत केदार न्यौपाने, श्रीजना रोका (चुइसी), सन्तोष सुबेदी, अर्जुन कार्की, सिताराम थापा र बिमल खड्काको अभिनय रहेको छ।

यस्तो छ दुखी बाहुनको भिडियो

२६ असार २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको