जेठ २८, काठमाडौं | विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४ लाख १४ हजार २३ जनाले ज्यान गुमाइसकेका छन् |
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ७३ लाख ३६ हजार २७२ पुगेको छ | जसमध्ये ३६ लाख १६ हजार ९९३ स्वास्थ्योपचारपछि निको भएका छन् | वल्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा २५ हजार ४४० नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् |
हाल ३३ लाख ४ हजार २५६ जना उपचाररत छन् | जसमध्ये ५४ हजार ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकमा छ |
प्रतिक्रिया दिनुहोस