चैत २८, कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका उक्त गाउँका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षीय बर्मानन्द रोका मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले जानकारी दिए ।
दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले जानकारी दिए । उनिहरुलाई गाउँपालिकाको एम्बुलेन्सम मार्फत लुम्बिनि प्रादेशिक अस्पताल बुटवल लागिएको छ । बाघले आक्रमण गरेपछि उनीहरु भागेका थिए ।
प्रतिक्रिया दिनुहोस