इ–सेवाबाट बीमा प्रिमियम भुक्तानीमा २५ हजारको मोबाइल जित्न सकिने


फागुन २७, काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न इ–सेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।

योजनामा कुनै पनि जीवन बीमाको प्रिमियम इ–सेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू सय सम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल जित्न सकिने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटाभन्दा माथि कारोबार गर्नेले प्रतिकारोबारसय रूपैयाँ इन्सेन्टिभ पाउनेछन्।

यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुवैमा लागू हुने कम्पनीले जनाएको छ। योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागू हुनेछ। यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इ–सेवा खातामा उपलब्ध गराइनेछ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् ।

पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो । इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो।

२०७६ फाल्गुन २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको