कोटेश्वर-कलङ्की सडक खण्डमा नयाँ लेन नियम, थाहा पाउनुस के छ नयाँ नियम ?


फागुन २७, काठमाडौँ । कोटेश्वर-कलङ्की सडक खन्डमा पनि नयाँ लेन नियम लागू गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट तथा निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था गरिएको जनाएको छ।

यो नियम चैत २ गतेबाट लागु हुने छ। यसअघि यो नियम कोटेश्वर-सुर्यविनायक सडक खण्डमा लागु भइसकेको छ। देशकै पहिलो १० कि.मी. लम्बाई भएको ८ लेनको कोटेश्वर-कलङ्की सडक खन्डमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने गरेको महाशाखाको तथ्याङ्क छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको बताए।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ ।

२७ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको