कोरोना नियन्त्रणमा विश्व बैंकले नेपाललाई २९ मिलियन डलर दिने


फागुन २७, काठमाडौं । कोरोना नियन्त्रणका लागि विश्व बैंकले उपलब्ध गराउने सहयोगमध्ये नेपालले करिब २९ मिलियन अमेरिकी डलर पाउने भएको छ ।

स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र विश्व बैंकका अधिकारीहरूबीचको त्रिपक्षीय छलफलमा यो रकम बराबरको कार्यक्रम तय गर्ने समझदारी बनेको छ ।

त्रिपक्षीय छलफलमा विश्व बैंकका अधिकारीहरूले २९ मिलियन सहयोग नेपालले पाउन सक्ने भएकाले त्यसलाई कोरोनाको जोखिम \न्यूनीकरण र संकट नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने उपायसँग सम्बन्धित रहेका कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन् ।

‘हामी अब कार्यक्रम तर्जुमा गर्नेछौँ,’ स्वास्थ्य मन्त्रालयका अधिकारीले भने, ‘यसैअनुसारको कार्यक्रम अब तयार हुन्छन्।’

अर्थ मन्त्रालयले छलफल अघि बढाइएको भए पनि सम्झौताको चरणमा पुगिनसकेको जनाएको छ । विश्व बैंकले उपलब्ध गराउने नियमित सहयोग कार्यक्रमअन्तर्गत नै हुने गरी तत्कालका लागि कार्यक्रम तर्जुमा गर्ने र काम अघि बढाउने समझदारी पनि बनेको छ ।

विश्व बैंकले कोरोनाविरुद्ध लड्न प्रभावित देशहरुमा १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

२७ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको