रिहा लगत्तै नेकपाका नेता कुँवर सर्वोच्च अदालतको गेटबाटै पक्राउ [तस्बिरसहित]

नेकपाका नेता कुँवर अदालतको गेटबाटै पक्राउ गर्दै प्रहरी ।

पुस २५, काठमाडौं । प्रहरीले सर्वाेच्च अदालतको अादेश विपरित नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर कुँवरलाई गिरफ्तार गरेको छ ।

कुँवरको रिहाइको माग गर्दै उनकी बहिनि मनु केसीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश दिपक कुमार कार्की र मनोज कुमार शर्माको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

कुँवरको गिरफ्तारी गैर कानुनी भन्दै रिहा गर्न अादेश दिएपनि प्रहरीले उनलाई अदालतको गेटबाटै पक्राउ गरेको हो । कुँवरलाई गेटबाटै लछारपछार गर्दै प्रहरीले लिएर गएको थियो । कुवरलाई प्रहरीले पक्राउ गरि बेपत्ता बनाएको उनकी बहिनि मनु केसीले जानकारी दिईन ।

उनलाई पुस १३ गते पर्वत जिल्ला अदालतले रिहा गरेपनि अदालत परिसरबाटै पक्राउ गरेको थियो । बन्दीप्रत्यक्षीकरणको रिटको पक्षमा अधिबक्ता कपिलचन्द्र पोख्रेल र दयाराम पोख्रेलले बहस पैरवी गरेका थिए ।

हेर्नुस सर्वोच्चको आदेश 

२०७६ पुष २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको